सिलगढ़ी, 29 जुलाई (हि.स.)। शहरको एक स्कूलमा एकजना सफाई कर्मचारीमाथि तेस्रो कक्षाकी छात्राको यौन उत्पीड़न गरेको आरोप लागेको छ। यस घटनाको कारणले प्रधान नगर क्षेत्रका मानिसहरू सशंकित भएका छन्। आरोपी सफाई कर्मचारी पप्पू बाँसफोरलाई मंगलवार पक्राउ गरिएको छ।
प्राप्त जानकारी अनुसार गए सोमवार प्रधान नगरस्थित एक स्कूलको शौचालयमा एकजना छात्राको यौन उत्पीड़न सफाई कर्मीले गऱ्यो। घटनापछि छात्राले स्कूलकी शिक्षिकालाई सबै कुरा बताई। त्यसपछि प्रधानाचार्यले छात्राका अभिभावकहरूलाई बातचित गर्नकोलागि बोलाए। तर सोमवार स्कूलले प्रधान नगर पुलिस थानालाई घटनाको सूचना दिएन।
आरोप छ, कथित रूपमा स्कूलले यस घटनालाई लुकाने चेष्टा गऱ्यो। मंगलवार यसको जानकारी पाएर अन्य अभिभावकहरूले प्रधानाचार्यको विरोधमा प्रदर्शन गरे। दबावमा आएर स्कूलले यसको सूचना प्रधान नगर थानालाई दियो। त्यसपछि अभिभावकहरूले आरोपीलाई स्कूलमै समातेर पुलिसलाई सुम्पिदिए। घटनापछि अभिभावकहरूले प्रधानाचार्यको भूमिकाप्रति रोष व्यक्त गरेका छन्।
अभिभावकहरूले प्रश्न उठाए, स्कूलले सोमवार पुलिसलाई सूचना किन दिएन? प्रधान नगर थानाको पुलिसले आरोपी सफाई कर्मचारीलाई पक्राउ गरी अग्रिम कारबाही शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा