जम्मू, 30 जुलाई (हि.स.)। बिहानदेखिकै भइरहेको घना वर्षाको कारणले आज पहलगाम तथा बालटाल दुवै आधार शिविरहरूबाट श्री अमरनाथजी यात्रालाई स्थगित गरिएको छ। श्री अमरनाथजी यात्रा- 2025 को अहिलेसम्ममा 3.93 लाखभन्दा अधिक तिर्थ यात्रीहरूले पवित्र गुफाको दर्शन गरिसकेका छन्। सो जानकारी सूचना एवं जनसम्पर्क विभाग जम्मू-कश्मीरले साझा गरेको छ।
अर्कोतिर प्रतिकूल मौसमको कारणले पुँछ जिल्लाका सबै सरकारी एवं निजी स्कूलहरू आज 30-07-2025 मा बन्द रहने शिक्षा अधिकारी, पुँछले जानकारी दिएका छन्। 30 जुलाई, 2025-मा हुने बाह्रौं कक्षाका सबै पेपरहरू जसमा जीव विज्ञान/सांख्यिकी/राजनीति विज्ञान/लेखाशास्त्र सामेल छन्,-लाई कश्मीर अनि जम्मू दुवै सम्भागसँगसँगै लेहर र कारगिलमा पनि खराब मौसमको कारणले स्थगित गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा