पटना, 30 जुलाई (हि.स.)। राजधानीका मानिसहरूको दीर्घकालीन प्रतीक्षा अब समाप्त भएको छ। आगामी 15 अगस्तको दिन प्रधानमन्त्री नरेन्द्र मोदीले पटना मेट्रो सेवाको शुभारम्भ गर्नेछन्। यसले पटनावासीहरूको यात्रामा सहुलियत मात्र नथपेर शहरको गतिलाई पनि तीव्रता दिनेछ।
पटना मेट्रो सेवाको पहिलो रूट मलाही पकड़ीदेखि पाटलिपुत्र बस टर्मिनलसम्म हुनेछ जसको लम्बाई तीन किलोमीटरभन्दा अधिक छ। तीनवटा कोट भएको यस आधुनिक मेट्रोमा एकपटकमा 150 जना यात्रीहरूले यात्रा गर्न सक्नेछन्। भविष्यमा यात्रीहरूको बढ़्दो संख्यालाई मध्यनजर गर्दै कोचको संख्या आठसम्म बढ़ाइनेछ।
राज्य सरकारले फेयर फिक्सेशन कमिटीको सिफारिसको आधारमा अन्तिम भाड़ा तय गर्नेछ। अनुमान छ, न्यूनतम भाड़ा 15 रुपियाँ र अधिकतम 60 रुपियाँ हुनेछ। 3-6 किलोमीटरको लागि भाड़ा लगभग 30 रुपियाँ, 6-8 किलोमीटरको लागि 45 रुपियाँसम्म हुनसक्छ।
दिल्ली र पुणे मेट्रोको तुलनामा लामो दूरीको हिसाबले यसलाई सस्तो मान्न सकिन्छ। तथापि प्रारम्भिक 15 रुपियाँको न्यूनतम भाड़ा दिल्ली र पुणेको 10 रुपियाँको तुलनामा केही महँगो अवश्य छ।
मेट्रो सेवा बिहान 5 बजेदेखि राती 11 ब जेसम्म चल्नेछ। यसको शेड्यूल दिल्ली मेट्रोको जस्तै हुनेछ। यसबाट यात्रीहरूलाई दिनभरि नै आउने-जाने सुविधा प्राप्त हुनेछ। मेट्रोको ट्रायल रन पूरा भइसकेको छ। उद्घाटन हुनअघि सुरक्षा एवं तकनिकी मानकहरूमाथि विशेष ध्यान दिइँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा