कछार (असम), 30 जुलाई (हि.स.)। कछार नदीमा झरेर एकजना मानिसको मृत्यु भयो। काछार जिल्लाको सोनाई दक्षिण मोहनपुरमा बाँसको पुलबाट नदी तर्ने क्रममा नदीमा झरेर सोनाई नगरपालिकाका सफाई कर्मचारी मितुल दासको मृत्यु भयो।
प्राप्त सूचना अनुसार बितेको राती सोनाई आमजुर क्षेत्रमा नदीमाथि निर्मित बाँसको पुलमा चढ़्दा अचानक मितुल दासको खुट्टा चिप्लियो जसले गर्दा तिनी नदीमा झरे।
घटनापछि स्थानीय मानिसहरूले लगभग दुई घण्टासम्म नदीभित्र मितुललाई खोजे। कड़ा परिश्रम गरेर उनीहरूले मितुलको शवलाई बाहिर निकाले। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा