राँची, 30 जुलाई (हि.स.)। राजधानी राँचीको एउटा स्कूल (बिशप वेस्टकट)- की छात्राको दिउँदै अपहरण भएको मामिलामा प्रकाशमा आएको छ।
बुधवार बिहान छात्रा स्कूल गइरहेकी थिई, यसै क्रममा केही आरोपीहरूले छात्रालाई अपहरण गरे। अपहरणको यो घटना चुटिया थाना अन्तर्गत सिरमटोली फ्लाईओभर क्षेत्रमा भएको हो। छात्रालाई अपहरण गर्दा उसित उसकी एकजना शिक्षिका र साथी पनि थिए। छात्रा डोरंडास्थित आफ्नो स्कूल गइरहेकी थिई। पुलिसलाई छात्रा अपहरण भएको सूचना कुनै व्यक्तिको माध्यमबाट 100 डायलमा दिइएको छ। सूचना पाउनसाथ चुटिया पुलिस छात्राको खोजीमा जुटेको छ।
यस सम्बन्धमा सिटी डीएसपी केवी रमनले बताए, स्कूल जाने एकजना छात्रालाई कारमा सवार केही युवकहरूले बलजफ्ती आफ्नो वाहनमा बसाएर लगेको सूचना प्राप्त भएको छ। पुलिसले अलर्ट भएर छात्रालाई खोजिरहेको छ।
अर्कोतिर केही स्थानीय मानिसहरूले बताए, छात्रा ब्याटरीले चल्ने रिक्शामा सवार भएर स्कूल गइरहेकी थिई, यसै अवधि कारमा सवार केही युवकहरूले उसलाई बजलफ्ती कारमा बसाएर त्यहाँबाट भाग्यो।
मामिलालाई लिएर पुलिसले वरिपरीको सीसीटीभी फुटेजको जाँच गरिरहेको छ। साथै परिवारसित पनि जाँचबुझ गरिरहेको छ ताकि केही प्रमाण पाउन सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा