मणिपुरः चुराचाँदपुरमा 2.95 किलोग्राम हेरोइन सहित तीन तस्कर पक्राउ
मणिपुरः चुराचाँदपुरमा 2.95 किलोग्राम हेरोइन सहित तीन तस्कर पक्राउ


चुराचाँदपुर (मणिपुर), 30 जुलाई (हि.स.)। मणिपुरको चुराचाँदपुर जिल्लामा मादक पदार्थहरूको तस्करीविरूद्ध गरिएको एक कारबाहीमा सुरक्षा बलहरूले तीनजना तस्करहरूलाई पक्राउ गरेको छ। पुलिस मुख्यालयबाट बुधवार दिइएको सूचना अनुसार यो कारबाही बेहियांग थाना अन्तर्गत एल. कनान गाउँमा संचालित एक लक्षित अभियान अवधि गरिएको हो।

पक्रा पर्ने आरोपीहरूको पहिचान जिनमांग हाओकिप (40, हेंगकोट), सेइखोलन (45, किपजेन वेंग) र लालजुई वैफेई (52, नगाथल)-को रूपमा भएको छ। सबै आरोपी चुराचाँदपुर जिल्लाका निवासी हुन्।

अभियानको क्रममा 269 वटा साबुनदानीमा लुकाएर राखिएको हेरोइनको खेपलाई ज फ्त गरियो जसको वजन लगभग 2.95 किलोग्राम रहेको छ। यस अतिरिक्त तीनवटा मोबाइल फोनलाई पनि जफ्त गरिएको छ जसलाई अवैध व्यापारमा प्रयोग गरिएको आशंका छ।

प्रारम्भिक जाँचमा थाहा लागे अनुसार जफ्त गरिएको मादक पदार्थलाई मणिपुरमा आपूर्ति गर्ने वा राज्यको सीमादेखि बाहिर पठाउने योजना थियो। हाल आरोपीहरूलाई पुलिसले हिरासतमा राखेको छ भने मादक पदार्थ तस्करीसित सम्बन्धित सम्पूर्ण नेटवर्कको पनि जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande