कोलकातामा ट्रामको ट्र्याकलाई क्षति पुऱ्याएको विरोधमा एक अगस्तमा प्रदर्शन गरिने
कोलकातामा ट्रामको ट्र्याकलाई क्षति पुऱ्याएको विरोधमा एक अगस्तमा प्रदर्शन गरिने


-हेरिटेज सेवालाई बन्द गराउने षड़यन्त्र गरेको आरोप

कोलकाता, 30 जुलाई (हि.स.)। कोलकाताको विरासत मानिने ट्राम सेवालाई बचाउने मागलाई लिएर कलकत्ता ट्राम उपयोगकर्ता संघले आगामी एक अगस्तको दिन कोलकाता नगरनिगम मुख्यालय बाहिर धरना प्रदर्शन गर्ने घोषणा गरेको छ। यो संगठनको आरोप छ, शहरमा रहेको ट्रामको ट्र्याकमा सड़क मरम्मत गर्ने बहानामा डामर बिछ्याएर ट्राम सेवालाई चरणबद्ध ढंगमा बन्द गरिँदैछ।

संघ अनुसार वर्ष 2011- मा कोलकातामा मोठ 37 वटा ट्राम रूथ थियो जुन अहिले घटेर दुईवटा मात्र रहेको छ। कोरोना महामारीपछि यस सेवामा अझ ह्रास आएको छ। वर्ष 2011-मा 61 किलोमीटर ट्राम लाइन थियो भने वर्ष 2022-मा घटेर यो मात्र 12 किलोमीटर रह्यो। त्यसताक प्रतिदिन 70 हजारभन्दा अधिक यात्रीहरूले ट्रामबाट यात्रा गर्थे भने अब यो संख्या घटेर केही हजारमा समेटिएको छ।

संघका प्रवक्ताले बताए, उत्तरी कोलकाताको चितपुर क्षेत्र तथा दक्षिण कोलकाताका केही क्षेत्रहरूमा नगरनिगमद्वारा डामर ओछ्याउने कार्य जारी राखिएको छ भने कलकत्ता उच्च न्यायालयले हालैमा यसमाथि रोक लगादिइएको छ। उनीहरूको आरोप छ, यी सबै ट्राम सेनवालाई बिस्तारै समाप्त गर्ने सुनियोजित षड़यन्त्रको एक अंग हो।

नगरनिगमका एकजना अधिकारीले भने, ट्रामको ट्रयाकमा डामर ओछ्याएको कुनै जानकारीहरूले पाएका छैनन्। उनले यो पनि भने, टलीगञ्जदेखि बालीगञ्ज रूटमा पछिल्लो एक वर्षदेखि नै सेवा निलम्बित छ, किनभने त्यहाँ भूमिगत पाइपलाइनहरूको मरम्मत कार्य भइरहेको छ। तथापि संघको मान्यता छ, यो पनि ट्रामलाई बन्द गरेर एप आधारित ट्याक्सी तथा अटो सेवालाई बढ़ाउने षड़यन्त्र हो।

लगभग 200 प्रदर्शनकारीहरूले आगामी एक अगस्तको अपरान्ह एक बजे नगरनिगम कार्यालय सामु धरना दिनेछन् अनि त्यसपछि बन्द रहेको एउटा ट्राम रूटमा पदयात्रा गर्नेछन्।

राज्य सरकारले वर्ष 2018-देखि यता ट्राम सेवामा कुनै निवेश गरेको छैन। परिवहन मन्त्रीले पहिला नै भनिसकेका छन्, सरकार विरासत रूटहरूमा ट्राम सेवालाई कायम राख्ने पक्षमा छ, तर यो मामिलामा अदालतमा विचाराधिन छ। त्यसैले सरकारले एकतर्फी निर्णय लिन सक्दैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande