जलखाबंधाको बाघजानमा सड़क दुर्घटना, तीनजना घाइते
जलखाबंधाको बाघजानमा सड़क दुर्घटना, तीनजना घाइते


नगाउँ (असम), 30 जुलाई (हि.स.)। नगाउँ जिल्लान्तर्गत जखलाबंधाको बाघजानमा गए राती भयानक सड़क दुर्घटना भयो। अल्टो कार (एएस-01एच-3496) र ट्रेलर (टीवी-02सी-8544) आपस्तमा ठोक्किएर कारमा सवार तीनजना मानिसहरू गम्भीर रूपमा घाइते भए। घाइतेहरूको पहिचान गुवाहाटीको हाथीगाउँ निवासी अभिषेक राय, बिहारको श्याम चौधरी र होजाईको यमुनामुख निवासी सञ्जय दे-को रूपमा भेको छ। घाइतेहरूलाई कलियाबर उपजिल्ला अस्पतालमा भर्ती गरिएको थियो जहाँबाट उन्नत उपचारको निम्ति गुवाहाटी रेफर गरिएको छ। पुलिसले यस सम्बन्धमा प्राथमिकी दर्ता गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande