चक्रवाती दबावको कारणले घना वर्षाको चेताउनी
चक्रवाती दबावको कारणले घना वर्षाको चेताउनी


कोलकाता, 04 जुलाई (हि. स.)। पश्चिम बंगालमा मौसमको स्वरूप बिग्रिँदै गइरहेको छ। ओडिशा र संलग्न पश्चिम बंगाल माथि निर्मित चक्रवाती दबाव अनि पूर्व-पश्चिम ट्रफ रेखाको प्रभावबाट राज्यभरि नै वर्षाको गतिविधि तीव्र भएको छ। अलिपुर मौसम विभाग अनुसार शुक्रवारदेखि आइतवारसम्म दक्षिण बंगालका केही जिल्लाहरूमा अति भारी वर्षा हुने सम्भावना छ। यस अवधि मेघ गर्जन, बिजुली चम्किने तथा तीव्र हावा सहित वर्षाको धेरैवटा चरण जारी रहनसक्छ।

दक्षिण औ उत्तर 24 परगना, पूर्व औ पश्चिम बर्धमान, पूर्व औ पश्चिम मेदिनीपुर, झाड़ग्राम, पुरुलिया, बाँकुड़ा, बीरभूम, मुर्शिदाबाद तथा नदिया जस्ता जिल्लाहरूको लागि विशेष अलर्ट जारी गरिएको छ। मौसम विभागले बताएको छ, यी जिल्लाहरूमा 30-40 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नक्छ भने केही स्थानहरूमा घना वर्षा दर्ता हुनसक्छ। कोलकाता र यस वरपरका क्षेत्रहरूमा आंशिक रूपमा बादल लाग्नेछ साथै केही क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ।

उत्तर बंगालमा वर्षाको नयाँ चरण आगामी 8 जुलाईदेखि शुरू हुने सम्भावना छ। दार्जीलिङ, कालेबुङ, उत्तर एवं दक्षिण दिनाजपुर सहित माथिल्लो पाँच जिल्लाहरूमा घना वर्षा हुने चेताउनी दिइएको छ। दिनाजपुरका दुईवटा जिल्लाहरूमा छरिएको वर्षा हुनसक्छ र केही जिल्लाहरूमा आइतवारसम्म पानी पर्नसक्छ। आगामी पाँच दिनस्म राज्यभरि नै हल्कादेखि मध्यम वर्षा, मेघ गर्जन सहित मौसम अस्थिर रहनेछ।

आगामी सोमवार र मंगलवार दक्षिण बंगालमा वर्षाको तीव्रता कम हुनसक्छ। आद्रताको कारणले बाफिलो गर्मी बढ़्ने अनुमान छ। मौसम विभागले मानिसहरूलाई सतर्कता अप्नाउने अनि अनावश्यक रूपमा बाहिर नजाने सल्ला दिएको छ विशेष ती क्षेत्रहरूमा जहाँ पहिलाबाटै पानी जमिएको छ वा तल्लो क्षेत्र पर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande