राज्यसभाको 268औं सत्र 21 जुलाईदेखि
संसद भवन


नयॉं दिल्ली, 04 जुलाई (हि.स.)। राज्यसभाको 268औं सत्र 21 जुलाईदेखि शुरू हुनेछ। आज जारी आधिकारिक संसदीय बुलेटिन अनुसार, राज्यसभा सत्र 21 अगस्तसम्म चल्नेछ। यस अवधि कुल 21 बैठक हुनेछन्।

संसदीय बुलेटिन अनुसार, राष्ट्रपतिले सोमवार, 21 जुलाई, 2025 मा नयॉं दिल्लीमा राज्य सभाको बैठक बोलाएकी छिन्। कार्यको अनिवार्यता अधीन, सत्रको समापन बिहिवार, 21 अगस्त, 2025 मा हुने निर्धारित छ। स्वतन्त्रता दिवस समारोहका कारण 13 र 14 अगस्तमा संसदको कुनै बैठक हुने छैन।

आगामी मानसून सत्र अपरेशन सिन्दूरपछि पहिलो संसद सत्र हुनेछ। याे अपरेशन भारतले 07 मईमा जम्मू-कश्मीरको पहलगाममा भएको आतङ्की हमलाको जवाफमा शुरू गरेको थियो। पहलगाममा 26 जनाको ज्यान गएको थियो। संसदको बजट सत्र यो वर्ष जनवरीमा भइसकेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande