नयाँ दिल्ली, 04 जुलाई (हि.स.)। केन्द्रिय पत्तन, पोत परिवहन र जलमार्ग राज्यमन्त्री शान्तनु ठाकुरले शुक्रवार दिल्लीमा आयोजित ‘गतिदेखि प्रगति कनक्लेव 2025’ मा देशको प्रगतिको सबैभन्दा प्रभावी माध्यस उसको बन्दरगाह रहेको बताएका छन्। यदि हाम्रो बन्दरगाह राम्रो भए देशको प्रगति सबैभन्दा राम्रो तरीकाले हुनेछ।
ठाकुरले भने, गत 11 वर्षमा पीएम मोदीको नेतृत्वमा भारत सरकारले राष्ट्रिय विकासको निम्ति धेरै महत्वपूर्ण कदम उठाएको छ। खासगरी पत्तन, पोत परिवहन र जलमार्ग मन्त्रालय अन्तर्गत पर्ने समुद्री क्षेत्रमा धेरै ठोस पहल गरिएको छ, जसको असर अब स्पष्ट रूपमा देखिँदैछ। जलमार्गहरूको माध्यमले माल ढुवाई विश्वभरिमा सबैभन्दा किफायती हुन्छ। यस्तो स्थितिमा भारतसित आफ्नो बन्दरगाहहरू र समुद्री परिवहनलाई अझ् अधिक सशक्त बनाएर विश्व व्यापारमा अहम भूमिका निभाउन सक्ने अपार सम्भावनाहरू छ। समुद्री मार्गहरूको माध्यमले आयात-निर्यातको लागत कम हुँदा देशको अर्थव्यवस्थालाई सीधा लाभ हुन्छ।
हिन्दुस्थान समाचार / भवानी थामी