नयाँ दिल्ली, 04 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय महामन्त्री तरूण चुघले भाजपा र कांग्रेसमाथि दिइएको अरविन्द केजरीवालको ‘लुकेका सम्बन्धहरू’ बयानमा प्रतिक्रिया व्यक्त गरेका छन्। भाजपाले भन्यो, असली लुकेको सम्बन्ध त कांग्रेस र आम आदमी पार्टीको छ। पूरा देशलाई थाहा छ, कांग्रेसको साथ त्यो ‘अनैतिक गठबन्धन’ तपाईले (केजरीवाल) नै 2013 मा गरेका थिए।
चुघले शुक्रवार पार्टी मुख्यालयमा मीडियाकर्मीहरूलाई भने, केजरीवालको राजनीति झूठ, पाखण्डमाथि आधारित छ। केजरीवालले आफ्नो नानीहरूको कसम खाएर भनेका थिए, उनले कहिलेपनि कांग्रेससित गठबन्धन गर्नेछैनन्। केजरीवालले दाबी गरेका थिए, उनीसित शीला दीक्षित र कांग्रेस विरूद्ध दुई बोरा भरपूर साक्ष्य छ। चुघले कटाक्ष गर्दै भने, 10 वर्ष केजरीवाल दिल्लीको मुख्यमन्त्री रहे तर त्यस तथाकथित दुई बोराको मुखसम्म खोल्न सकेनन्।
हिन्दुस्थान समाचार / भवानी थामी