मणिपुरमा सुरक्षाबलहरूले चलायो तलाशी अभियान, 203 हतियार, आईईडी र ग्रेनेड जफत
सर्च


इम्फाल, 04 जुलाई (हि.स.)। मणिपुरमा सुरक्षाबलहरूले एक ठूलो अभियान अन्तर्गत भारी मात्रामा हतियार र विस्फोटक जफत गरेको छ। यो तलाशी अभियान 03 जुलाई रातिदेखि 04 जुलाई बिहानसम्म चल्यो।

सठीक गोप्य जानकारीको आधारमा मणिपुर पुलिस, असम राइफल्ससेना र केन्द्रिय अर्धसैनिक बलहरूको संयुक्त टीमहरूले टेंग्नौपाल, कांगपोकपी, चंदेल र चुराचांदपुर जिल्लाहरूको पहाड़ी र सुदूर क्षेत्रहरूमा व्यापक तलाशी अभियान चलाए।

यस संयुक्त कारबाहीमा कूल 203 हतियार जफत गरियो, जसमा 21 इन्सास राइफल, 11 एके-सीरीज राइफल, 26 एसएलआर, दुई स्नाइपर राइफल, तीन कार्बाइन, 17 नग .303 राइफल, दुई एमए असोल्ट राइफल, दुई मोर्टार (51 मिमी), तीन एम 79 ग्रेनेड लाञ्चर, 38 'पोम्पी' देशी हतियार र अन्य धेरै देशी हतियार, पेस्तोल र बोल्ट-एक्शन राइफलहरू सामेल छन्।

यस बाहेक 30 आईडी, 10 ह्याण्ड ग्रेनेड, नौ पम्पी शेल, दुई लाथोड ग्रेनेड र भारी संख्यामा 5.56 मिमी र 7.62 मिमीको जिउँदो कारतूस पनि जफत गरिएको छ।

अभियानमा सामेल अधिकारीहरूको भनाई छ, यी हतियार उग्रवादी समूहहरू वा असामाजिक तत्वहरूद्वारा भविष्यको हिंसक गतिविधिहरूका लागि जमा गरिएको थियो।

यस सफलतालाई मणिपुरमा उग्रवादको ढांचालाई ध्वस्त पार्ने र पुनः शान्ति स्थापित गर्ने दिशामा एक महत्वपूर्ण कदम मानिन्दैछ। सुरक्षा बल अहिलेपनि सर्तक छ र आउने दिनहरूमा अझ् तलाशी अभियानहरूको सम्भावना व्यक्त गरिँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande