नयाँ दिल्ली, 11 अगस्त (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले सोमवार महान क्रान्तिकारी एवं स्वतन्त्रता सेनानी खुदिराम बोसको बलिदान दिवसमा उनलाई श्रद्धाञ्जली दिए। उनले भने, उनको जीवनले हामीलाई सिकाउँछ कि देशप्रेम र साहसको कुनै उमेर हुँदैन।
दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले एक्समा पोस्ट गरी लेखे, माँ भारतीका वीर सपुत, महान क्रान्तिकारी एवं स्वतन्त्रता सेनानी खुदिराम बोसको बलिदान दिवसमा उनलाई विनम्र श्रद्धाञिजली अर्पण गर्दछु। उनले भने, बोसको बलिदानको अमेट गाथा सबै राष्ट्रभक्तहरूको लागि प्रेरणापुञ्ज हो।सचदेवाले बताए, मात्र 18 वर्षको कलिलो उमेरमा देशको लागि आफ्नो जीवन न्यौछावर गर्ने शहीद खुदिराम बोसको आज 118औं शहादत दिवस हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा