पुरुलिया, 11 अगस्त (हि. स.)। जिल्लामा सोमवार रेलवे ट्र्याकबाट एकजना महिला र दुईजना नाबालिकहरूको शव उद्धार गरिएको घटनाले कोकोहोलो मच्चायो। घटना दक्षिण पूर्व रेलवेको मुरी-चाँडिला शाखामा सुईसा रेलवे स्टेशन संलग्न क्षेत्रमा भएको हो।
प्राप्त जानकारी अनुसार दक्षिण पूर्व रेलवेको मुरी-चाँडिल शाखामा सुईसा रेलवे स्टेशन संलग्न क्षेत्रमा स्थानीय मानिसहरूले तीनवटा शवहरूलाई रेलवे ट्र्याकमा लड़िरहेको देखेपछि पुलिसलाई सूचना दिए। सूचना पाएर पुरूलिया जीआरपीले घटनास्थलमा पुगी रेलवे ट्र्याकबाट तीनैवटा शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि पुरूलिया देवेन्द्र महतो मेडिकल कलेजमा पठाइदियो। यो खबर लेखुञ्जेलसम्म मृतकहरूको पहिचान हुन सकेको थिएन। पुलिस शवहरूको पहिचान खोलाउन जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा