खजुरी खासमा युवकको शव भेटियो
खजुरी खासमा युवकको शव भेटियो


नयाँ दिल्ली, 11 अगस्त (हि.स.)। उत्तर पूर्वी जिल्लाको खजूरी खास क्षेत्रमा सोमवार बिहान त्यसबेला खैलाबैला मच्चियो जतिबेला एकजना युवकलाई सड़कमा घाइते अवस्थामा लड़िरहेको देखियो। घटना गल्ली नम्बर-26, सी-ब्लकमा भएको हो।

सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले घाइते युवकलाई तुरून्त नजिकैको अस्पतालमा भर्ती गरियो जहाँं डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। जाँचमा मृतकको पहिचान खजुरी खास निवासी राजी अहमद (33)- को रूपमा भएको छ। हाल खजुरी खास थाना पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

पुलिस अनुसार बिहान लगभग 6:21 बजे थाना खजुरी खासमा सूचना प्राप्त भयो, गल्ली नम्बर- 26 मा एकजना व्यक्ति लड़िरहेको छ। सूचना पाउनसाथ पुलिसको टीम तुरून्त घटनास्थलमा पुग्यो जहाँ युवकलाई गम्भीर अवस्थामा भेटियो। पुलिसले तुरून्त क्राइम टीम र फरेन्सिक टीमलाई घटनास्थलमा बोलायो।

टीमले घटनास्थलबाट महत्वपूर्ण प्रमाणहरू संकलन गऱ्यो। घाइते युवकलाई जीटीबी अस्पतालमा पठाइयो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि जीटीबी अस्पतालको शवगृहमा सुरक्षित रखाएको छ। पुलिसको भनाइ छ, पोस्टमर्टम रिपोर्टपछि मृत्युको सही कारण पत्तो लाग्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande