तारकेश्वरमा जल चढ़ाउन गएका श्रद्धालुको मृत्यु
तारकेश्वरमा जल चढ़ाउन गएका श्रद्धालुको मृत्यु


हुगली, 11 अगस्त (हि.स.)। श्रावण महिनाको अन्तिम सोमवार हुगली जिल्लाको तारकेश्वर मन्दिरमा जल चढ़ाउन गएका एक जना श्रद्धालुको मृत्यु भयो। मृतकको नाम अमित पाकड़े (35) हो जो हावड़ा जिल्लाको बाली निवासी थिए। जानकारी अनुसार सोमवार बिहान दश जना साथीहरू बाइकमा सवार भएर तारकेश्वर मन्दिरमा जल चढ़ाउनको लागि शेवड़ाफुली पुगे। उनीहरू शेवड़ाफुली निमाई तिर्थ घाटबाट जल लिएर बाइकमै तारकेश्वर तर्फ प्रस्थान भए। तारकेश्वर मन्दिरमा प्रवेश गर्न पूर्व नै बाजितपुर चौरस्तामा अमितको अचानक स्वास्थ्य बिग्रियो।

पहिला लत उसलाई लाग्यो, प्रचण्ड गर्मीको कारण उसको स्वास्थ्य बिग्रिएको हो। त्यसैले तिनले कसैलाई पनि भनेनन्। पछि बिस्तारै अचेत भएपछि तिनलाई तारकेश्वर ग्रामीम अस्पतालमा लगियो। डाक्टरहरूले पनि उपचार शुरू गरे। तर केही क्षणमै तिनको मृत्यु भयो।

अमितका एकजना साथीले भने, सबै कुरा ठीकै थियो। हामी यहाँ रमाउँदै आएका थियौं। उसले भन्यो, उसलाई केही असजिलो लागिरहेको छ। तर पछि फेरि उसले भन्यो, ठीक हुन्छ। मैले बुझ्न सकिरहेको छुइनँ कि के भयो।

पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande