मुरादाबाद, 11 अगस्त (हि.स.)। मुरादाबाद ह्याण्डीक्राफ्ट्स एक्सपोर्टर्स एसोसिएशनका महासचिव अवधेश अग्रवालले सोमवार भने, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा लगाइएको ट्यारिफको कारण अमेरिकामा निर्यात गरिने भारतको सम्पूर्ण हस्तशिल्प निर्यात मन्दीतर्फ अग्रसर भएको छ। यस ट्यारिफको हिसाबले मुरादाबादको निर्यात कारोबारलाई लगभग 3 हजार करोड़ रुपियाँको नोक्सान भइरहेको छ।
अवधेश अग्रवालले अझ भने, यूएसको ठूलो इम्पोर्टर टारगेट एमेजन आदिले आफ्नो अर्डरलाई होल्डमा राखिदिएका छन्। यो पनि स्पष्ट रूपमा जानकाी प्राप्त भइरहेको छ कि टीजेम्याक्स, रोजले पनि आफ्नो अर्डर्सलाई होल्डमा राख्न शुरू गरेको छ। यी सबैको परिणामस्वरूप मुरादाबादको हस्तशिल्प निर्यात तथा निर्यातकहरूको भविष्य अन्धकारमय हुँदै गइरहेको छ। काम रोकियो भने बेकारी बढ़्नेछ साथै नोकरी जानेछ। साथै निर्यातकहरूको दृष्टि अब नयाँ अन्तर्राष्ट्रिय बजारहरूलाई खोज्नमा लागिपरेको छ। घरेलु बजारमा पनि सम्भावनाहरू खोजिरहेको छ। वर्तमान हिसाब अनुसार मुरादाबादको निर्यात कारोबारलाई लगभग 3 हजार करोड़ रुपियाँको व्यापारको नोक्सान भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा