शनिवारको प्रदर्शनमा कानून-व्यवस्था भंग गरेकोमा कोलकाता पुलिसले जारी गऱ्यो बयान
शनिवारको प्रदर्शनमा कानून-व्यवस्था भंग गरेकोमा कोलकाता पुलिसले जारी गऱ्यो बयान


कोलकाता, 11 अगस्त (हि.स.)। शनिवार सम्पन्न भएको एक राजनीतिक दलको विरोध प्रदर्शन अवधि कानून-व्यवस्थालाई भंग गरेको घटनालाई लिएर कोलकाता पुलिसले मोठ पाँच वटा एफआईआर दर्ता गरेको छ। पाँचमध्ये चार वटा मामिला न्यू मार्केट थानामेा र एउटा मामिला हियर स्ट्रीट थानामा दर्ता भएको छ। पुलिसले सोमवार सोशल मीडियाको माध्यमबाट यस आशयको जानकारी गराएको छ। तथापि कुन नेता एवं समर्थकहरूविरूद्ध कारबाही भएको छ र कुन घटनाहरूमा मामिला दर्ता गरिएको छ, यस बारेमा भने विवरण साझा गरिएको छैन।

पुलिसको बयान अनुसार गत 9 अगस्तमा आयोजित यस विरोध प्रदर्शन अवधि अलग-अलग घटनाहरू घटे। यसमा उच्च अदालतको निर्देशको अवहेलना गरी आर.आर. एभेन्यूको सट्टा जुलूसलाई पार्क स्ट्रीट तर्फ लैजानु, अन्य राजनीतिक दलहरूको ‘राखी’ स्टलमा उत्पात मचाउनु, एकजना पुलिस कन्स्टेबलमाथि हमला गरेर गम्भीर रूपमा घाइते बनाउनु, हकर युनियनको कार्यालयमा तोड़फोड़ गर्नु तथा पत्रकारको क्यामरालाई क्षतिग्रस्त बनाएर पत्रकारलाई बलजफ्ती रोकेर राख्नु जस्ता घटनाहरू सामेल छन्।

पुलिसले अदालतमा दुईवटा आवेदन पनि दर्ता गरेको छ। यसमा पुलिसविरूद्ध अभद्र टिप्पणी गरेको, जनतालाई असुविधामा पारेको तथा सरकारी सम्पत्तिलाई क्षति पुऱ्याएको आरोप लगाइएको छ। अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन। घटनामा एकजना पुलिसकर्मी घाइते भएका छन्। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande