धर्मतलामा भीड़ र सुरक्षा सम्हाल्नको लागि लाल बजारले बनाउनेछ कन्ट्रोल कमाण्ड पोस्ट
धर्मतलामा भीड़ र सुरक्षा सम्हाल्नको लागि लाल बजारले बनाउनेछ कन्ट्रोल कमाण्ड पोस्ट


कोलकाता, 11 अगस्त (हि. स.)। शहरको व्यस्त औ राजनीतिक रूपमा संवेदनशील धर्मतला क्षेत्रमा भीड़ एवं सुरक्षा प्रबन्धनलाई अझ सशक्त बनाउनको लागि कोलकाता पुलिसले ठूलो कदम उठाएको छ। लालबजारले धर्मतला मेट्रो च्यानल चौरस्तामा एक अत्याधुनिक कन्ट्रोल कमाण्ड पोस्ट स्थापना गर्ने निर्णय लिएको छ।

आगामी दिनमा धर्मतला शहरको प्रमुख मल्टी-मोडल ट्रान्सपोर्ट हब बन्न गइरहेको छ। यहाँ पहिलाबाटै कवि सुभाष-दक्षिणेश्वर मेट्रो लाइनको जंक्शन अवस्थित छ भने अब ईस्ट-वेस्ट तथा जोका-धर्मतला मेट्रो रूट जोड़िनाले यस क्षेत्रको महत्व अझ बढ़्नेछ। राज्य सरकारले उक्त हब निर्माण गर्ने जिम्मा केन्द्रिय एजेन्सी 'राइट्स' -लाई सुम्पिएको छ। योजना अनुरूप यहाँ बेसमेन्ट पार्किंग, बस प्रतिक्षालय, अण्डरपास तथा राजनीति सभाहरूको निर्धारित स्थान बनाइनेछ।

लालबजारका एक‌जना अधिकारी अनुसार पहिला हेयर स्ट्रीट थाना अन्तर्गत एउटा सानो दुई तले कन्ट्रोल पोस्ट स्थापना गर्ने योजना थियो, तर पछि यसलाई विस्तार गरेर लगभग 9 हजार 5 सय 40 वर्गफुट क्षेत्रफलमा भवन बनाउने प्रस्ताव राखिएको छ। यसको लागि परिवहन विभागलाई भूमि आवन्टन गर्ने अनुरोध गर्दै पत्र पठाइएको छ। प्रस्तावित भवनमा डिप्टी कमिश्नरको कार्यालय, ब्यारक, अधिकारीहरूको कक्ष, महिला पुलिस कर्मीहरूको लागि अलग आवास, भिजिटर रूम औ रिजर्भ अफिस—सबै एउटै परिसरभित्र हुनेछन्।

पुलिस अधिकारीहरूको भनाइ छ, हावड़ादेखि धर्मतला मेट्रो शुरू भएपछि यहाँ यात्रीहरूको संख्या द्रूत गतिमा बढ़ेको छ। पछिल्लो पांच वर्षभित्रमा यस क्षेत्रमा 498भन्दा अधिक राजनीतिक कार्यक्रमहरू आयोजना भइसकेका छन्। त्यसैले मल्टी-मोडल हब शुरू भएपछि भीड़ तथा ट्राफिक दबाव अझ बढ़्नेछ। यस्तो स्थितिमा पुलिसको तत्काल कारबाही सुनिश्चित गर्नको लागि यहाँ कन्ट्रोल कमाण्ड पोस्ट स्थापना गर्न आवश्यक छ।

परिवहन मन्त्री स्नेहाशीष चक्रवर्तीले भने, मानव सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। पुलिसको यस योजनामा हरसम्भव सहयोग गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande