कोलकाता, 11 अगस्त (हि.स.)। आरजी कर मेडिकल कलेजमा महिला चिकित्सकसित भएको बलात्कार तथा हत्याको पहिलो बरखीमा गत शनिवार आयोजित नवान्न अभियान अवधि पीड़िताकी आमा पुलिसको कुटाईले गम्भीर रूपमा घाइते भइन्। आरोप छ, पुलिसको लट्ठीचार्जमा उनको टाउकोमा गम्भीर चोट लाग्यो तथा हातमा लगाएको शंख-पोला पनि भाँचियो।
गत शनिवार भएको यस घटनापछि अब पीड़िताका पिताले कोलकाता पुलिसविरूद्ध एफआईआ दर्ता गर्ने तयारी शुरू गरेका छन्। उनले फोनमा बताए, सोमवार साँझ गत शनिवार भएको कोलकाता पुलिसको निर्मम कुटाईविरूद्ध एफआईआर दर्ता गरिनेछ। उनले यो पनि स्पष्ट पारे, एफआईआर व्यक्तिगत रूपमा थानामा गएर होइन, अनलाइन दर्ता गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा