मुजफ्फरपुर, 11 अगस्त (हि.स.)। शहीद खुदीराम बोसको 118औं शहादत दिवसमा सोमवार भोर बिहान शहीद खुदिराम बोस सेन्ट्रल जेल परिसर देशभक्तिको भावनाला गुञ्जियो। जेल रंगीन बल्बहरूले सजिएको थियो, सुगन्ध फैलिएको थियो तथा ब्याकग्राउण्डमा मन्द आवाजमा गीत बजिरहेको थियो- “एक बार विदाई दे मां घूरे आसी, हांसी हांसी परबो फांसी, देखबे जोगोत वासी” जसलाई गाउँदै खुदिरामले फाँसीको फन्दालाई चुमेका थिए।
बिहान लगभग 3 बजेदेखि नै जेल गेटमा मानिसहरू आउन शुरू गरेका थिए। सबैजना गेट कहिले खोलिन्छ भन्ने प्रतीक्षामा थिए। तिरहुत प्रक्षेत्रका कमिश्नर, मुजफ्फरपुरका डीएम सुब्रत कुमार सेन, एसएसपी सुशिल कुमार, एसडीपीओ टाउन सुरेश कुमार, एसडीओ पूर्वी, मिठनपुरा थानाध्यक्ष समेत केही अधिकारीहरू समयमै आए। हातमा मोहर लगाएपछि सबैलाई जेलमा प्रवेश गराइयो।
101 वटा राखी लिएर पुगे आफन्तजन-
मेदिनापुरबाट आएका मानिसहरूले यस आयोजनलाई विशेष बनाइदिए। उनीहरूले शहीदको गाउँको माटो, 101 वटा राखी र काली मन्दिरको प्रसाद लिएर आएका थिए। फाँसी स्थलमा दुईवटा बिरूवा रोपियो अनि प्रसाद अर्पण गरियो। यसै स्थानमा 11 अगस्त, 1908-को बिहान 3:50 बजी खुदिराम बोसलाई फाँसी दिइएको थियो। त्यसैले त्यै समयमा उपस्थित मानिसहरू अनि अधिकारीहरूले उनलाई सलामी दिए साथै पुष्पाञ्जली अर्पण गरे।
सेन्ट्रल जेलको रेकर्ड अनुसार फाँसी दिनअघि खुदिरामको गीत सुनेर सबै बन्दीहरूलाई आभास भएको थियो कि उनलाई बलिदानको लागि लगिँदैछ। त्यसपछि सम्पूर्ण परिसरमा वन्दे मातरमको नारा गुञ्जिएको थियो।
श्रद्धाञ्जली पश्चात सबै मानिसहरू त्यस ऐतिहासिक सेलमा पुगे जहाँ खुदिरामलाई राखिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा