साम्बा पुलिसले सरोरे अड्डा, बारी ब्राह्मणामा कुख्यात नशा तस्करको 44.50 लाख रुपियाँको सम्पत्ति कुर्की गऱ्यो
साम्बा पुलिसले सरोरे अड्डा, बारी ब्राह्मणामा कुख्यात नशा तस्करको 44.50 लाख रुपियाँको सम्पत्ति कुर्की गऱ्यो


साम्बा, 10 अगस्त, (हि.स.)। नशा तस्कर विरोधी आफ्नो अथक प्रयास अन्तर्गत साम्बा पुलिसले कुख्यात ड्रग तस्कर शामदिन, पुत्र मुरिद अली, निवासी सरोरे अड्डा, खण्ड बारी ब्राह्मणा, जिल्ला साम्बाको लगभग 44.50 लाख रुपियाँ मूल्यको एक तले आवासीय भवन र पशुशालालाई कुर्की गरेको छ।

पुलिस द्वारा यो कार्रवाई एनडीपीएस अधिनियम, 1985- को धारा 68-ई सहपठित 68-एफ अन्तर्गत गरिएको हो भने यो थाना बारी ब्राह्मणामा एनडीपीएस अधिनियमको धारा 8/21/22/29 अन्तर्गत एफआईआर संख्या 139/2023 तथा थाना बारी ब्राह्मणामा एनडीपीएस अधिनियमको धारा 8/21/22/25/29 अन्तर्गत एफआईआर संख्या 66/2024 सित सम्बन्धित छ।

पुलिस द्वारा गरिएको जाँचबुझमा आवासीय घर तथा पशुशालाको पहिचान अवैध रूपमा अर्जित सम्पत्तिको रूपमा गरियो। यो सम्पत्ति प्रथम दृष्टया मादक पदार्थ तथा मनःप्रभावी पदार्थहरूको अवैध तस्करीबाट आर्जन गरिएको थियो।

यो कारबाहीले नशालु औषधिहरूको खतरासित भिड़्ने साम्बा पुलिसको प्रतिबद्धतालाई पुष्टि गर्दछ। स्थानीय मानिसहरूले नशा तस्करहरूविरूद्ध साम्बा पुलिसको यस अभूतपूर्व पहलको सराहना गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande