गान्तोक, 11 अगस्त (हि.स.)। विश्वविद्यालयका कूलाध्यक्षको हैसियतमा भारतकी राष्ट्रपतिद्वारा प्रो. शान्तनुकुमार स्वैनलाई सिक्किम विश्वविद्यालयको (2007 को संसदीय ऐनद्वारा स्थापित केन्द्रित विश्वविद्यालय) उपकूलपति नियुक्त गरिएको छ।
शिक्षण, अनुसन्धान तथा शैक्षणिक दिग्गजका रूपमा चार दसकभन्दा धेरैको अनुभवका साथ प्रो. स्वैन एक प्रतिष्ठित शिक्षाविद हुन्। उनले हालै श्रेष्ठतम् संस्थानका रूपमा मान्यता प्राप्त बनारस हिन्दू विश्वविद्यालयको (बीएचयु) शिक्षा सङ्कायका प्रमुख अनि अधिष्ठाताका रूपमा सेवा पुऱ्याएका हुन्।
प्रो. शान्तनुकुमार स्वैनले कार्यकारी उपकूलपति प्रो. अभिजीत दत्तापछि 11 अगस्तको दिन विश्वविद्यालयका चौथो उपकूलपतिका रूपमा पदभार सम्हालेका छन् भनी पीआईबीले आज जानकारी गराएको छ।
हिन्दुस्थान समाचार / बिशाल