कोलकाता, 11 अगस्त (हि.स.)। देशका प्रख्यात परमाणु भौतिक विज्ञानी औ पद्मभूषण सम्मानद्वारा अलंकृत डा. विकासचन्द्र सिंहको पुण्यतिथिमा सोमवार केन्द्रिय मन्त्री डा. सुकान्त मजुमदारले उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।
डा. मजुमदारले आफ्नो सन्देशमा लेखे, विशिष्ट परमाणु भौतिक विज्ञानी डा. विकासचन्द्र सिंहलाई उनको पुण्यतिथिमा म आप्नो अन्तरात्माको गहिराइबाटै विनम्र श्रद्धाञ्जली तथा नमन गर्दछु। परमाणु भौतिकीको क्षेत्रमा उनका योगदान आज पनि अद्वितीय उदाहरण भएको छ।
उनले भेरिएबल एनर्जी साइकलोट्रन सेन्टर औ साहा इन्स्टीट्यूट अफ न्यूक्लियर फिजिक्सका निदेशकको रूपमा उल्लेखनीय कार्य गरे। यस अतिरिक्त राष्ट्रिय प्रौद्योगिकी संस्थान, दुर्गापुरको बोर्ड अफ गभर्नर्सका अध्यक्ष तथा त्यसताकका भारतीय प्रधानमन्त्रीका वैज्ञानिक सल्लाहकार बोर्डका सम्मानित सदस्य पनि थिए।
केन्द्रिय मन्त्रीले भने, देशमा विज्ञान अनुसन्धान तथा नवाचारको दिशामा उनको अमूल्य योगदान आगामी पिँढ़ीहरूको लागि प्रेरणाश्रोत बनिरहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा