ममता सरकारमाथि तथागत रायले गरे लक्षितः बंगालीहरूमाथि अत्याचारको कथा बनाउँदै फाइदा हुनेवाला छैन
ममता सरकारमाथि तथागत रायले गरे लक्षितः बंगालीहरूमाथि अत्याचारको कथा बनाउँदै फाइदा हुनेवाला छैन


कोलकाता, 11 अगस्त (हि. स.)। भ्रष्टाचार, बेरोजगारी औ मुस्लिम तुष्टिकरणका आरोपहरूले घेरिएकी ममता ब्यनर्जीसित अब एकमात्र सहारा छ— बंगालीहरूमाथि अत्याचारको मनगढ़न्ते कथा। तर यसबाट पनि केही हासिल भइरहेको छैन, किनभने पश्चिम बंगालका हिन्दूहरूले एउटै फोन कलमा आफन्त तथा साथीहरूको कुशल-मंगल सोध्ने गर्दछन्। सोमवार यो टिप्पणी पूर्व राज्यपाल तथागत रायले सोशल मीडिया साइट एक्समा गरेका हुन्।

उनले लेखे, “भारतीय बंगाली मुसलमानहरूमा धेर-थोर यस्तो प्रवृत्ति हुन्छ नै, किनभने उनीहरू बंगलादेशी अनुप्रवेशकारीहरूभन्दा थोरै अन्तर हुन्छन्। मुसलमानहरूमाथि अत्याचारको कता सुनाएर कुनै फाइदा छैन, किनभने उनीहरूको भोट ममताले पाउने नै छन्। तर उनीहरू यस कुरामा असन्तुष्ट पनि हुन सक्छन् कि सर्वशक्तिमान ममताले केही गर्न सकिरहेकी छैनन्। त्यसैले मैले उनलाई सल्लाह दिएको थिएँ, यी अनुप्रवेशकारीहरूलाई पक्राओस्।”

तथागत रायले आफ्नो पोस्टमा यो पनि उल्लेख गरे, बंगलादेशका पूर्व राष्ट्रपति जियाउर रहमान तथा प्रधानन्त्री खालिदा जियाले घोषणा गरेका थि— “हामी बंगाली होइनौं, हामी बंगलादेशी हौं। बंगालीहरू सीमा पारि नै बस्नुपर्छ।” त्यसपछि उनले कटाक्ष गर्दै भने, अब भारतका हिन्दू (नाम मात्रको) मौलाना-तरवारधारीले यो जताउने चेष्टा गरिरहेका छन्, ‘बंगला पहिचान’- को बारेमा यिनीहरूभन्दा अधिक मान्दछन्।

तथागत रायले अर्को एउटा पोस्टमा प्रश्न उठाए, के बंगलादेशका बहुसंख्यक मुसलमानहरूले त्यहाँका अल्पसंख्यक हिन्दुहरूसित जस्तो व्यवहार गरिरहेका छन्, त्यस्तै व्यवहार पश्चिमका बहुसंख्या हिन्दुहरूलाई यहाँका अल्पसंख्यक मुसलमानहरूसित गर्न चाहन्छ? उनले सोधे, म एउटा साधारण प्रश्नको सरल उत्तर चाहन्छु। पूर्व बंगालमा अल्पसंख्यक हिन्दुहरूसित बहुसंख्यक मुसलमानहरूद्वारा जुन व्यवहार गरियो, त्यहीँ व्यवहार पश्चिम बंगालमा अल्पसंख्यक मुसलमानहरूसित बहुसंख्यक हिन्दुहरूद्वारा गरिनुपर्छ! सही वा गलत?

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande