कोलकाता, 11 अगस्त (हि.स.)। सप्ताहको पहिलो कार्यदिवसको बिहानै कोलकाता मेट्रो रेलमा गड़बड़ी भएको कारणले यात्रीहरूलाई विविध समस्याको सामना गर्नुपऱ्यो। दक्षिणेश्वरको थर्ड लाइनमा तकनिकी समस्या भएको कारणले निर्धारित समयमा पहिलो मेट्रो प्रस्थान हुन सकेन। सामान्यतः दक्षिणेश्वरबाट पहिलो मेट्रो बिहान 6:55 बजे प्रस्थान हुन्छ भने सोमवार यो 7:54 बजे आफ्नो गन्तव्य तर्फ प्रस्थान भयो।
यसबीच दमदम स्टेशनबाट पहिलो मेट्रो बिहान 7:30 बजे शहीद खुदीराम स्टेशन तर्फ प्रस्थान भयो। तकनिकी कमजोरीको कारणले कार्यालय, स्कूल तथा कलेज जाने यात्रीहरूलाई समयमा गन्तव्यसम्म पुग्न गाह्रो भयो।
कोलकाता मेट्रोका जनसम्पर्क अधिकारी रूपायन मित्राले बताए, थर्ड लाइनमा बिजुली आपूर्ति बाधित भएकोले दक्षिणेश्वरबाट पहिलो मेट्रो समयमा प्रस्थान हुन सकेन। उनले भने, “पहिलो ट्रेन दमदम स्टेशनदेखि 7:30 बजे प्रस्थान भयो, त्यसपछि सेवाहरू सामान्य भयो।”
केही यात्रीहरूले रोष व्यक्त गर्दै भने, मेट्रो सेवामा तकनिकी समस्या आम कुरा भइसकेको छ। बेलगाछीदेखि एस्प्लानेड जाने यात्री रमा सेनले भनिन्, “म दिनहुँ बिहान पहिलो मेट्रोमा सवार भएर आफ्नो कार्यालय जान्छु, यसो गर्दा ट्राफिक जामदेखि बचेर समयमै कार्यालमा पुग्नसक्छु। तर आज बिहान साढ़े सात बजे म बेलगाछीमा चलेको थिएन। म बसमा जान बाध्य भएँ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा