नयाँ दिल्ली, 11 अगस्त (हि.स.)। उत्तर-पूर्वी जिल्लाको मौजपुरमा एकजना बिल्डरले ऋण चुकाउनदेखि बच्नको लागि आफ्नै कार्यालयमा गोलीकाण्डको षड़यन्त्र रच्यो। पुलिसले यस सम्बन्धमा मुद्दा दर्ता गरी एकजना नाबालिक सहित तीनजना मानिसहरूलाई पक्राउ गऱ्यो।
पुलिस मुताविक गत 9 अगस्तको अपरान्ह जाफराबाद थाना पुलिसलाई सूचना प्राप्त भयो, विजय मोहल्ला, मौजपुरको गल्ली नम्बर- 8, सना पब्लिक स्कूल नजिक गोली चलेको छ। पुलिस टीमले घटनास्थलमा पुगेर सिकायतकर्ता मोहम्मद अनिशसित भेट गऱ्यो। उनले बताए, तिनी एकजना बिल्डर हुन्। अपरान्ह 2:30 बजे तिनी आफ्नो कार्यालयमा पुग्दा झ्यालको शिशा फुटेको पाए। उनलाई शंका थियो, गोली ती व्यक्तिले चलाउन लगाएको हुनसक्छ जसबाट उनले पैसा ऋणमा लिएका थिए। घटनास्थलबाट पुलिसले एउटा खाली कारतुस जफ्त गऱ्यो। मामिला दर्ता गरी जाँच शुरू गरियो। फरेन्सिक टीमले घटनास्थलबाट प्रमाण जुटायो।
पुलिस अधिकारी अनुसार सीसीटीभी फुटेज र अन्य तकनिकी जाँचको आधारमा पुलिसले मुरसलिनलाई समात्यो। जाँचबुझमा मुरसलिनले खुलासा गऱ्यो, उसले अनिशको लागि काम गर्छ र अनिशको भनाइ अनुसारै उसले एकजना नाबालिकको पेस्तोलबाट फारिंग गरायो। पेस्तोल र एउटा जिउँदो कारतूस मुरसलिनबाट जफ्त गरियो।
त्यसपछि पुलिसले अनिश र 16 वर्षीय नाबालिकलाई समात्यो। अनिशले स्वीकार गऱ्यो, उ एकजना परिचितको ठूलो ऋणी थियो र भुक्तानदेखि बच्नको लागि उसले यो फायरिंग गरायो ताकि आफ्नो ऋणदातालाई फसाउन सकियोस्। अर्कोतिर जाँचमा थाहा लागेको छ, अनिशविरूद्ध पहिला पनि चोरीका दुईवटा मामिला दर्ता छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा