पूर्व बर्दवान, 11 अगस्त (हि. स.)। पछिल्लो लोकसभा चुनाउमा तृणमूल कंग्रेसले पूर्व बर्दवान जिल्लामा सफलता हासिल गरेको भए पनि शहरका केही बूथहरूमा पार्टी कमजोर साबित भयो। विशेष गरी बर्दवान, काटवा, मेमारी, कालना, गुसुकरा औ दाईहाटका कतिपय बूथहरूमा पार्टा पछाड़ियो। यसै स्थितिलाई मध्यनजर गर्दै पार्टी र यसका सहयोगी संस्थाहरूले समीक्षा गरे जसमा यो स्पष्ट भयो, पार्षदहरू ‘सेलिब्रिटी’ जस्तो व्यवहार र वार्ड एवं बूथ स्तरका नेताहरूको अनुशासनहीन व्यवहारले केही शहरी बूथहरूमा पार्टीलाई डुबायो।
पार्टी नेतृत्वले तय गरेका छन्, जनसम्पर्कको बलियो पकड़ भएका नेताहरू जो देखावटीदेखि टाड़ा बस्छन्- लाई आगामी दिनमा पनि जिम्मेवारी दिइनेछ। अर्कोतिर प्रदर्शन कमजोर रहेका पदाधिकारीहरूलाई हटाउनसक्छ। जिल्काका नेताहरूलाई आगामी 29 अगस्तको दिन कोलकाता बोलाइएको छ जहाँ उनीहरूले पार्टी अध्यक्ष एवं विधायकहरूसित बैठक गर्नेछन्।
सूत्र अनुसार केही मानिसहरू पद पाउनका लागि कार्यकर्ताहरूलाई प्रभावित पार्न लागिपरेका छन्, तर अब पार्टीले यस प्रवृत्तिलाई रोक्नको लागि कदमम उठाउनेछ। सहयोगी संस्थाहरूलाई पनि प्रदर्शन रिपोर्टको आधारमा जाँचिनेछ तथा आगामी सेप्टेम्बरको शुरूमा बूथ, वार्ड तथा ब्लक अध्यक्षहरूको नयाँ सूची जारी हुनसक्छ। यस अतिरिक्त शाखा संगठनहरूमा पनि ब्लक स्तरमा फेरबदल हुने सम्भावना छ।
पार्टीको मान्यता छ, ग्रामीणम क्षेत्रहरूमा संगठन बलियो छ, तर शहरी क्षेत्रहरूमा यसको जरा कमजोर भएको छ। त्यसैले शहरहरूमाथि विशेष ध्यान दिने योजना बनाइएको छ। केही ब्लकहरूमा अध्यक्ष तथा विधायकहरूबीच विवादको स्थिति उत्पन्न भएको छ जसलाई सुधार्ने प्रयास विफल भइरहेको छ। त्यसैले मामिलामा नेतृत्वले कड़ा कदम उठाउनसक्छ।
तृणमूल नेता देवु टुडूले भने, सांगठनिक फेरबदलमाथि कुनै टिप्पणी गरिनेछैन। नेतृत्वले जस्तो निर्णय लिन्छ, त्यसैलाई सबैले मान्नुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा