दरंग (असम), 11 अगस्त (हि.स.)। दरंग जिल्लाको दलगाउँ कौपाटी असम माला मार्गमा गए राती भएको भयावह सड़क दुर्घटनामा दुईजना बाइक सवारहरूको मृत्यु भयो भने तेस्रो व्यक्तिको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भयो।
पल्सर बाइक (एएस-13ई-3141) औ आर-वन फाइव बाइक (एएस-13एस-4056) आपस्तमा ठोक्किँदा शिलबारीका सहिदुल इस्लाम काजी र झाकुआपाड़ा गाउँका इकरामुल अली नामक दुवै बाइक सवारहरूको मृत्यु भयो। दलगाउँ थानाको पुलिसले घटनास्थलमा पुगेर शवहरूलाई पोस्टमर्टम गर्नको लागि मंगलदोई सदर अस्पतालमा पठाइदियो। पुलिसले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा