भगवान श्रीरामविरूद्ध आपत्तिजनक पोस्ट गर्ने युवक पक्राउ
भगवान श्रीरामविरूद्ध आपत्तिजनक पोस्ट गर्ने युवक पक्राउ


बंगाईगाउँ (असम), 11 अगस्त (हि.स.)। असमको बंगाईगाउँ पुलिसले सोशल मीडियामा भगवान श्रीरामविरूद्ध आपत्तिजनक टिप्पणी गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ।

पुलिसले बतायो, पक्रा पर्ने आरोपीको पहिचान बहारुल इस्लाम (20)- को रूपमा भएको छ। आरोप छ, आरोपीले इन्स्टाग्राममा भगवान श्रीरामलाई लिएर आपत्तिजनक पोस्ट गरेको थियो जुन सोशल मीडियामा फैलिएपछि स्थानीय मानिसहरूमा आक्रोशको कारण बन्न पुग्यो।

घटनाको जानकारी पाएपछि पुलिसले तुरून्त कारबाही गर्दै आरोपीलाई हिरातमा लियो। हाल आरोपीसित जाँचबुझ जारी छ र उसको डिजीटल उपकरणहरूको पनि जाँच गरिंँदैछ ताकिपोस्टसितसम्बन्धितअन्यजानकारीअनिसम्भावितनेटवर्ककोबारेमा पत्तो लगाउन सकियोस्।

पुलिसले भन्यो, यस मामिलामा कानूनसम्मत कारबाही गरिनेछ अनि सोशल मीडियामा धार्मिक भावनाहरूलाई भड़्काउने कुनै पनि कृत्यलाई सहन गरिनेछैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande