प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिकाे सभा सम्पन्न
प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिकाे सभा सम्पन्न


खरसाङ, 11 अगस्त (हि.स.)। प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिकाे सभा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ पार्टी कार्यालयमा एल्जिन ब्राह्मणको अध्यक्षतामा सम्पन्न भयाे। उक्त सभामा विभिन्न वार्डका सदस्यहरु, दिलाराम शाखा सदस्यहरुको उपस्थिति थियो।

सभामा आगामी दिनहरूमा संगठनद्वारा गरिनु पर्ने महत्त्वपूर्ण कार्यहरुबारे चर्चा परिचर्चा गरियाे भने आगामी महिना प्रस्तावित वार्षिक सभाबारे पनि छलफल गरियाे‌। यसपालीकाे वार्षिक सभा भव्यरुपमा आयोजना गरिने साथै उक्त दिन सम्पूर्ण दैनिक काम काजहरु ठप्प राखिने छ र हरेक सदस्यको उपस्थिति अनिवार्य रहने सचिव शरण विश्वकर्मले बताए।

श्रमजिवीदूरकाे धेरै समस्या साथै मागहरु रहेको पनि उनले बताए। उक्त समस्याहरूको समाधान केवल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष एवं जीटीए प्रमुख कार्यपाल अनित थापाबाट मात्र सम्भव रहेको बताउँदै यस विषयमा श्रमिक संगठनका प्रतिनिधि टाेलीले जीटीए प्रमुखलाई भेटेर ज्ञापन पत्र चढाउने बताइएको छ।

यसका साथै संगठनले गत वर्ष झैं यसपाली पनि श्री विश्वकर्म पूजा भव्यरुपमा मनाउने निर्णय लिॅंदै कमिटी पनि गठन गरेकाे छ। सभामा सम्पूर्ण सदस्यहरुको सहमति अनुसार अबउसाे हरेक महिना संगठनकाे सभा गरिने भएको छ। सभामा उपाध्यक्ष हर्कबहादुर विश्वकर्म, सहवाज खान, दावा शेर्पा, शयाम साेनामले पनि आफ्नो वक्तव्य राखेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande