लखनऊ, 11 अगस्त (हि. स.)। विधानसभा सत्रपूर्व समाजवादी पार्टीका विधायकहरूले सोमवार विधानभवनस्थित चौधरी चरण सिंहको प्रतिमा समक्ष धरना दिए अनि सरकारको विरोधमा नाराबाजी गरे। एकातिर समाजवादी पार्टीका विधायक अतुल प्रधान धनुष लिएर विधानभवनमा पुगे भने अर्का विधायक इञ्जीनियर सचिन यादव दीक्षान्त समारोहको गाउन लगाएर आइपुगे।
उनको गाउनमा युवाहरूको बेरोजगारी जस्तो मुद्दाहरू लेखिएको थियो। समाजवादी पार्टीले सरकारलाई हरेक मुद्दामा कठघरामा उभ्यायो। सपा विधायकहरूको भनाइ छ, यस सरकारमा किसानहरू चिन्तित छन्। युवाहरूले रोजगार पाइरहेका छैनन्। उल्लेखनीय छ, आज बिहान 11:00 बजेदेखि विधानमण्डलको सत्र आरम्भ भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा