असममा अन्तरराष्ट्रिय गैंड़ा शिकार गिरोहमाथि ठूलो कारबाही, 40भन्दा अधिक पक्राउ
असममा अन्तरराष्ट्रिय गैंड़ा शिकार गिरोहमाथि ठूलो कारबाही, 40भन्दा अधिक पक्राउ


गुवाहाटी, 11 अगस्त (हि.स.)। असममा गैंडा शिकारको अन्तरराष्ट्रिय नेटवर्कलाई निमिट्यान्न पार्नको लागि संचालित ‘अपरेशन फाल्कन’ अन्तर्गत 40 जनाभन्दा अधिक मानिसहरूलाई पक्राउ गरिएकोछ। यो अभियानले स्थानीयदेखि लिएर सीमा पारिका ती गिरोहहरूलाई लक्षित गरिरहेको छ जो गैंड़ाको सिंगको लागि यसको हत्यामा सामेल रहेका छन्।

पछिल्लो वर्ष 2024- मा शिकारका बढ़्दो घटनाहरूलाई मध्यनजर गर्दै शुरू गरिएको यस अभियानले म्यान्मारसम्म फैलिएको अवैध वन्यजीव तस्करीको मार्गलाई पनि प्रभावित पारेको छ। यो पक्राउ बिस्वनाथ, दरंग, नगाउँ, कार्बी आंगलोंग, शोणितपुर, उदालगुरी, डिब्रुगढ़ तथा कछार समेत अन्य केही जिल्लाहरूमा भएको हो।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले पुलिस तथा वन विभागको संयुक्त प्रयासहरूको सराहना गर्दै भने, यस मिशनमा “धरातलीय स्तरको निगरानीदेखि लिएर आधुनिक डिजीटल इन्टिलिजेन्स”-सम्म सबै प्रकारका साधनहरूको प्रयोग गरिँदैछ। उनले सोशल मीडियामा यसलाई “शिकार औ अवैध पशु व्यापारको कम्मर भाँंच्ने” कदम बताए।

अधिकारीहरूको भनाइ छ, यति धेरै पक्राउ जसमा केही अन्तर्राष्ट्रिय अपराध गिरोहसित जोड़िएका आरोपीहरू पनि सामेल छन्,-ले गैंड़ा सिंगको अवैध व्यापारलाई तगड़ा झट्का दिनेछ। सीएमले दोहोऱ्याए, ‘अपरेशन फाल्कन’ त्यसबेलासम्म जारी रहनेछ “जबसम्म असमबाट शिकार पूर्ण रूपले समाप्त हुँदैन।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande