मुख्यमन्त्रीले गरे इञ्चे गुम्पाका रिम्पोछेहरूसॅंग भेट
मुख्यमन्त्रीले गरे इञ्चे गुम्पाका रिम्पोछेहरूसॅंग भेट


गान्तोक, 11 अगस्त (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज इञ्चे गुम्पाका परम पावन छोगट्रुल पेमा कुन्ड्रोल रिम्पोछे र परम पावन छोगट्रुल जुर्मी येसी दोर्जी रिम्पोछेसॅंग आफ्नो आधिकारिक आवासमा भेट गरे। उक्त जानकारी मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।

मुख्यमन्त्रीले रिम्पोछेहरूको उपस्थितिले गहिरो शान्ति र आध्यात्मिक न्यानोपन अनुभव भएको बताएका छन्। उनले रिम्पोछेहरूको आशीर्वाद र मार्गदर्शनको लागि आभार व्यक्त गरेका छन्। मुख्यमन्त्रीले रिम्पोछेहरूको सुस्वास्थ्य, खुशी र शक्तिको कामना पनि गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande