रोहडूमा पाँच वर्षको नानीसित अश्लील व्यवाहर, मिस्त्री विरूद्ध एफआईआर
रोहडूमा पाँच वर्षको नानीसित अश्लील व्यवाहर, मिस्त्री विरूद्ध एफआईआर


शिमला, 11 अगस्त (हि.स.)। जिल्ला शिमलाको रोहडूमा एक पाँच वर्षीय अबोध बालकको साथ अश्लील व्यवहारको मामिला अघि आएको छ। पुलिसले शिकायतको आधारमा आरोपी मिस्त्रीलाई पक्राउ गरेको छ र मामिलाको जाँच गरिरहेको छ।

जानकारी अनुसार, शिकायतकर्ताले पुलिसलाई बतायो, उनको पाँच वर्षीय छोरा रोड़ूको एक स्कूलमा पढ्दछ। 10 अगस्तमा उनले आफ्न घरको एल्युमिनियम दैलोक मरम्मतीको निम्ति आसिफ नाम गरेको एक मिस्त्रीलाई बोलाएका थिए, जो उत्तर प्रदेशको निवासी हो। शिकायकर्ताको आरोप छ, सोही अवधि आरोपी आसिफले उनको छोराको साथ अश्लील व्यवहार गऱ्यो।

पुलिसका एक अधिकारीले सोमवार बताए, शिकायत पाइएपछि रोहड़ू पुलिस स्टेशनमा आरोपी विरूद्ध पोक्सो एक्ट अन्तर्गत मामिला दर्ता गरिएको छ र अग्रिम कारबाही गरिँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande