सिक्किम पुलिसलाई पराजित गरेर सिक्किम ड्र्यागन्स सेमिफाइनलमा
सिक्किम पुलिसलाई पराजित गरेर सिक्किम ड्र्यागन्स सेमिफाइनलमा


- मंगलवार कञ्चनजङ्घा एफसी र पोखरा थण्डर्सबीच पहिलो सेमिफाइनल

गान्तोक, 11 अगस्त (हि.स.)। राजधानीको पाल्जोर स्टेडियममा चलिरहेको 79औं स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्ट (छोग्याल सर टाशी नामग्याल मेमोरियल कप 2025) को अन्तिम क्वार्टर फाइनल खेल आज सिक्किम ड्र्यागन्स एफसी बनाम सिक्किम पुलिस एफटीबीच सम्पन्न भयो। सिक्किम ड्र्यागन्स एफसीले प्रतिद्वन्दी दललाई 3-1 गोलले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको छ।

सिक्किम ड्र्यागन्स एफसी र सिक्किम पुलिस एफटीबीच आज खेलिएको चौथो तथा अन्तिम क्वार्टर फाइनल खेल निकै रोचक रह्यो। हारको सामना गर्नु परे तापनि सिक्किम पुलिसका खेलाड़ीहरूले कडा ​टक्कर दिएका थिए। सिक्किम ड्र्यागन्सका खेलाड़ी नुकु सेइदु इस्साकले ह्याट्रीक गोल गरेर आफ्नो दलको जीत सुनिश्चित गरे। उनले खेलको 5, 72 र 92औं मिन्टमा गोल गरेका थिए।

अर्कातिर, सिक्किम पुलिसको तर्फबाट एकमात्र गोल साङ्गे भोटियाले 19औं मिनटमा गरेका थिए। विजेता दलका खेलाडी नुकुलाई म्याच अफ् द म्याच चयन गरियो। आज सिम्फेडका सल्लाहकार आनन्द लामा मुख्य अतिथि थिए। भोलि, पहिलो सेमिफाइनल खेल कञ्चनजङ्घा एफसी सिलगढी र पोखरा थण्डर्स नेपालबीच खेलिने छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande