गौ तस्करको शंकामा वृद्धमाथि कुटपिट गरेको मामिलामा युवा भाजपा नेता पक्राउ
गौ तस्करको शंकामा वृद्धमाथि कुटपिट गरेको मामिलामा युवा भाजपा नेता पक्राउ


दुर्गापुर, 11 अगस्त (हि.स.)। दुर्गापुरका युवा भाजपा नेता पारिजात गंगोपाध्यायलाई पक्राउ गरिएको छ। तिनीमाथि गौ तस्करीको आरोप लगाएर एकजना वृद्ध व्यक्तिमाथि कुटपिट गरेको अनि कान समातेर सड़कमा घुमाएको आरोप लागेको छ। सोशल मीडियामा भीडियो भाइरल भएपछि घटनाको कड़ा निन्दा भयो अनि कोक-ओभन थानामा मामिलाको सिकायत दर्ता गरियो। उक्त सिकायतको आधारमा पुलिसले गए आइतवार राति पारिजातलाई झारखण्डको धनबादबाट पक्राउ गरेर दुर्गापुरमा ल्यायो। दुर्गापुरका एसीपी सुबिर रायले भने, पारिजात गंगोपाध्यायलाई पक्राउ गरिएको छ। तिनीसित जाँचबुझ गरिनेछ।

उल्लेखनीय छ, यो विवाद गत 31 जुलाईमा शुरू भएको थियो। त्यस दिन भाजपा युवा नेता पारिजात गंगोपाध्याय र उनका समर्थकहरूले दुर्गापुरको कोक-ओभन थानाको डुमुरतलामा गाईले भरिएको एउटा सानो ट्रकलाई समातेका थिए। यी गाईहरूलाई बाँकुड़ा जिल्लाको बाराजोरा ब्लकको हाट अशुरियाबाट खरिद गरिएको थियो। ट्रकमा 14 वटा गाई थियो।

ट्रकमा सवार मानिसहरूको हात र गर्दनमा डोरीले बाँधेर कुटिएको थियो। उनीहरूलाई कान समातेर उठ-बस गराइएको थियो। कुटाई खानेहरूमा उक्त वृद्ध पनि सामेल थिए। घटनाको भीडियो सोशल मीडियामा भाइरल भएपछि राज्यभरि नै घटनाको निन्दा भयो। आरोप छ, गाई व्यापारीमाथि कुटपिट गरिो र उसको सबै पैसा लुटियो। यतिसम्म मात्र नभएर गाईहरूलाई पनि छोड़ियो।

यस घटनामा पीड़ितहरूले पारिजात र तिनका समर्थकहरूविरूद्ध कोक-ओभन थानामा सिकायत गर्ता गराए। जिल्ला तृणमूल अध्यक्ष तथा पाण्डेश्वरबाट विधायक नरेन्द्रनाथ चक्रवर्तीले पनि कोक-ओभन थानामा सिकायत दर्ता गराए। पुलिस कमिश्नर सुनिल चौधरीले भने, कुनै पनि आरोपीलाई छोड़िनेछैन।

यस घटनामा पुलिसले पहिला दीपक दासलाई अनि अनिश भट्टचार्य लगायत सातजना मानिहरूलाई पक्राउ गरेको थियो। पारिजातको पक्राउको सम्बन्धमा दुर्गापुर पश्चिमबाट भाजपा विधायक लक्ष्मण घोरूईले भने, कानूनलाई आफ्नो हातमा लिनु कुनै पनि प्रकारले स्वीकार्य छैन। पुलिसले कानूनी कारबाही गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande