गुवाहाटीमा चतुतर वाहन चोर पक्राउ
गुवाहाटीमा चतुतर वाहन चोर पक्राउ


गुवाहाटी, 11 अगस्त (हि.स.)। असममा पूर्वी गुवाहाटी पुलिस जिल्ला (ईजीपीडी)- को टीमले बशिष्ठ थाना क्षेत्रबाट एकजना वाहन चोरलाई पक्राउ गरी उसको कब्जाबाट चोरेको स्कुटी जफ्त गरेको छ।

पुलिसद्वारा सोमवार दिइएको जानकारी अनुसार पक्रा पर्ने आरोपीको पहिचान ग्वालपाड़ा निवासी सहारुल इस्लाम (27)-को रूपमा भएको छ जो वाहन चोरीका धेरैवटा मामिलाहरूमा संलिप्त रहिआएको छ। ईजीपीडी टीमले गुप्त सूचनाको आधारमा उसलाई उसको घरबाटै समात्यो अनि उसको कब्जाबाट एउटा स्लेटी (ग्रे) रंगको स्कुटी (एएस01 ईए 1839) जफ्त जसलाई एक दिनपूर्व गुवाहाटी मेडिकल एवं अस्पताल (जीएमसीएच), भांगागढ़ परिसरबाट चोरेको थियो।

पुलिसले बतायो, सहारुल इस्लाम लामो समयदेखिकै चोरीका घटनाहरूमा सक्रिय रहिआएको छ र उमाथि धेरैवटा आपराधिक मामिला दर्ता छ। आरोपीविरूद्ध वशिष्ठ थानामा मामिला दर्ता गरी कानूनी कारबाही शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande