युवकको शव खेतमा भेटियो, हत्याको आशंका
युवकको शव खेतमा भेटियो, हत्याको आशंका


कानपुर, 11 अगस्त (हि.स.)। उत्तर प्रदेशको कानपुर जिल्लामा महाराजपुर थाना क्षेत्र अन्तर्गत सलेमपुर गाउँ स्थित एक खेतमा सोमवार युवकको शव भेटिएको छ। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले मृतकको पहिचान गरी शवलाई पोस्टमार्टमको निम्ति पठाएर जाँच शुरू गरेको छ।

थाना प्रभारी संजय कुमार पाण्डेयले बताए, खेतमा भेटिएको शवको पहिचान सलेमपुर गाउँ निवासी सौरभ सिंह (25) को रूपमा गरिएको छ। मृतक आइतवार कुनै कामले घरबाट निस्केको थियो। साझँ भएपछि जब उ घर फर्केन तब परिजनहरूले उसलाई खोज्नु शुरू गरे तर उसको कुनै पत्तो लागेन। आज बिहान गाउँलेहरूले सौरभको शव खेतमा लड़ेको जानकारी परिजनहरूलाई दिए। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले घटनास्थलको जायजा लिँदै शवलाई पोस्टमार्टमको निम्ति पठाएको छ।

परिजनहरू अनुसार, सौरभको मुखबाट फीज र कानबाट रगत बगिरहेको थियो, यसबाट उसको हत्या गरिएको आशंका छ। अहिले शवलाई पोस्टमार्टमको निम्ति पठाएर मृतकको परिवारको शिकायतमा अग्रिम कारबाही गरिँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande