नयाँ दिल्ली, 12 अगस्त (हि.स.)। राज्यसभामा विपक्षका उपनेता प्रमोद तिवारीले बिहारमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) र हालका चुनाउहरूमा कथित भोट चोरीलाई लिएर सरकार र चुनाउ आयोगमाथि तीखो हमला गरेका छन्। उनले चुनाउ आयोगसित निष्पक्षता अपनाउने औं मतदाता सूचीमा कथित गड़बड़ीहरूको स्वतन्त्र जाँचको माग गरेका छन्।
प्रमोद तिवारीले यहाँ पत्रकारहरूलाई भने, यो कुनै राजनीतिक मुद्दा नभएर यो भारतको हरेक नागरिकलाई संविधानद्वारा दिइएको सबैभन्दा ठूलो अधिकार अर्थात् मतदानको अधिकारको रक्षाको मामिला हो। देशको इतिहासमा पहिलो पल्ट 300 भन्दा धेरै सांसद सड़कहरूमा उत्रे ताकि उनीहरूले चुनाउ आयोगसित जनताको भोट दिने अधिकार नखोस्ने अपील गर्नसकुन्।
उनले भने, विपक्षी सांसद शान्तिपूर्वक प्रदर्शन गर्न चाहन्थे तर सरकारले उनीहरूलाई रोक्न बैरिकेड्स लगायो र उनीहरूलाई हिरासतमा लिइयो। धेरै सांसदहरूलाई पुलिस स्टेशन लगियो, जसबाट यो स्पष्ट हुन्छ कि लोकतान्त्रिक मूल्यहरूलाई थिचोमिचो गर्ने प्रयास भइऱहेको छ।
कांग्रेस सांसद तिवारीले भने, के यो तानाशाही होइन ? यदि सरकारले जनप्रतिनिधिहरूलाई पनि आफ्नो कुरा भन्न र जनताको अधिकारहरूको रक्षाको निम्ति आवाज उठाउनदेखि रोक्छ तब यो लोकतन्त्रको निम्ति गम्भीर खतरा हो। उनले चुनाउ आयोगसित निष्पक्षता अपनाउने औं मतदाता सूचीमा कथित गड़बड़ीको स्वतन्त्र जाँचको माग गरे।
हिन्दुस्थान समाचार / भवानी थामी