गोपेश्वर, 12 अगस्त (हि.स.)। मौसम विज्ञान विभागको अलर्टपछि बदरीनाथ धाम र हेमकुण्ड साहिबको यात्रा अहिले 14 अगस्तसम्मका लागि रोकिएको छ। यो जानकारी चमोलीका जिल्लाधिकारी संदीप तिवारीले दिएका हुन्।
मंगलवार जिल्लाधिकारी संदीप तिवारीले बताए, मौसम विभागले आगामी दुई दिनको निम्ति भारी वर्षाको अलर्ट जारी गरेको छ। बदरीनाथ हाइवेमा कमेडा नजिक पैह्रो गएको कारण बाटो अवरूद्ध भइरहेको छ। यसबाट यहाँ वाहनहरूको आवाजाही कठिन भइरहेको छ। यात्रीहरूलाई कुनै प्रकारको समस्या नहोस् यसको निम्ति 14 अगस्तसम्मको निम्ति बदरीनाथ तथा हेमकुण्डको यात्रालाई स्थगित गरिएको छ।
उनले बताए, ट्रेकिङ रूटमा पनि पर्यटकहरूका लागि आवाजाहीमा सुरक्षाको दृष्टिले रोक लगाइएको छ। मौसम विभागको तर्फबाट जस्तै कुनै अपडेट जारी गरिन्छ, यात्रालाई लिएर अघिको निर्णय लिइनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी