कुलगाम आतङ्कवाद-रोधी अभियान 12औं दिनपनि जारी
कुल


कुलगाम, 12 अगस्त (हि.स.)। कुलगाममा अखलको जंगलमा आतङ्कवाद-रोधी अभियान मंगलवार 12औं दिनपनि जारी छ। सुरक्षाबलहरूले जंगलको प्राकृतिक गुफाहरू र घना जंगलहरूमा लुकेका आतङ्कीहरूलाई समाउन आफ्नो शक्ति दोबर गरेको छ।

एक अधिकारीले भने, अभियान अहिलेपनि जारी छ। सुरक्षाबलले गुफा जस्ता संरचनाहरूमा लुकेका आतङ्कीहरूलाई बाहिर निकाल्ने प्रय़ास गरिरहेको छ। जंगलमा रहेका आतङ्कवादी अत्यधिक प्रशिक्षित मानिन्दैछ किनभने उनीहरूले ड्रोनदेखि बच्नको निम्ति घना जंगलहरूको फायदा उठाइरहेका छन्। जिल्लाको अकाल वन क्षेत्रमा 1 अगस्तदेखि शुरू भएको भिड़न्तमा सेनाका दुई जवान बलिदान भएका छन् जबकि अन्य नौ घाइते भएका छन्।

भिड़न्तमा दुई आतङ्की पनि मारिएका छन्। मारिएका आतङ्कवादीहरूको पहिचान र उनीहरूको समूहको अहिलेसम्म पत्तो लागेको छैन। हालका वर्षमा कश्मीर घाटीमा यो सबैभन्दा लामो आतङ्कवाद-रोधी अभियान हो।

अधिकारीहरूले बताए, जम्मू-कश्मीर पुलिस प्रमुख नलिन प्रभात र सेनाको उत्तरी कमान्डर लेफ्टिनेन्ट जनरल प्रतीक शर्मा चौबीस घण्टा अभियानको निगरानी गरिरहेका छन्। सुरक्षाबलहरूले आतङ्कीहरूमाथि नजर राख्न ड्रोन र हेलीकप्टरहरूलाई तैनाथ गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande