अवैध सट्टाबाजी एपसित जोड़िएको मनी लन्ड्रिङ मामिलामा क्रिकेटर सुरेश रैना ईडी समक्ष पेश भए
सुरेश


नयाँ दिल्ली, 13 अगस्त (हि.स.)। पूर्व भारतीय क्रिकेटर सुरेश रैना कथित अवैध सुट्टाबाजी एपसित जोड़िएको मनी लन्ड्रिङ मामिलामा सोधपुछको निम्ति आज बुधवार नयाँ दिल्ली स्थित प्रवर्तन निदेशालय (ईडी) समक्ष पेश भए।

आधिकारिक सूत्रहरूले बताए, केन्द्रिय जाँच एजेन्सीले एक ‘अवैध’ सट्टाबाजी ऐपसित जोड़िएको जाँचको सिलसिलामा धन शोधन निवारण अधिनियम, 2002 (पीएमएलए) अन्तर्गत उनको बयान दर्ता गर्नेछ।

पूर्व भारतीय क्रिकेटर केही विज्ञापनहरूको माध्यमले यस एपसित जोड़िएको बताइँदैछ। ईडीले यस एपसित उनको सम्बन्धहरूबारे सोधपुछ गर्न चाहन्छ। केन्द्रिय जाँच एजेन्सीले 38 वर्षीय सुरेश रैनालाई 13 अगस्तको दिन 1xBet नामक ऐपसित जोड़िएको एक अवैध सट्टाबाजी मामिलामा सोधपुछको निम्ति नोटिस जारी गरी सोधपुछको निम्ति आज बोलाएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande