कर्मचारी राज्य बीमा निगम (ईएसआईसी) ले एसपीआरईई 2025 को गऱ्यो शुरुआत: अपञ्जीकृत नियोक्ताहरूको पञ्जीकरणका लागि एक पटकको अवसर
कर्मचारी राज्य बीमा निगम (ईएसआईसी) ले एसपीआरईई 2025 को गऱ्यो शुरुआत


कर्मचारी राज्य बीमा निगम (ईएसआईसी) ले हिमाचल प्रदेशको शिमलामा आयोजित आफ्नो 196औँ ईएसआई निगम बैठकमा एसपीआरईई 2025 (नियोक्ता र कर्मचारीहरूको पञ्जीकरणलाई बढ़ावा दिने योजना) लाई मञ्जुरी दिएको छ। यो बैठक केन्द्रीय श्रम तथा रोजगार तथा युवा मामिला तथा खेलकुद मन्त्री माननीय डा. मनसुख माण्डवीयको अध्यक्षतामा सम्पन्न भयो।

एसपीआरईई 2025कर्मचारी राज्य बीमा निगम (ईएसआईसी) द्वारा अनुमोदित नियोक्ता र कर्मचारीहरूको पञ्जीकरण प्रवर्द्धनको लागि योजना (एसपीआरईई) 2025, ईएसआई ऐन अन्तर्गत सामाजिक सुरक्षा कभरेज विस्तार गर्ने उद्देश्यले एक विशेष पहल हो। यो योजना 1 जुलाईदेखि 31 दिसम्बर 2025 सम्म सक्रिय रहनेछ र पञ्जीकरण नभएका नियोक्ता र कर्मचारीहरू - संविदा र अस्थायी कर्मचारीहरू सहित - लाई निरीक्षण वा पछिल्लो बक्यौताको मागको सामना नगरी नामाङ्कन हुने एकमुष्ठ अवसर प्रदान गर्दछ।

एसपीआरईई 2025 अन्तर्गत:· नियोक्ताहरूले आफ्ना एकाइ र कर्मचारीहरूको ईएसआईसी पोर्टल (https://www.esic.gov.in), श्रम सुविधा पोर्टल (https://registration.shramsuvidha.gov.in/user/register) र एमसीए पोर्टल (https://www.mca.gov.in) को माध्यमद्वारा डिजिटल रूपमा पञ्जीकरण गर्न सक्नेछन्।

· पञ्जीकरण नियोक्ताले घोषणा गरेको मितिदेखि नै मान्य मानिनेछ।

· पञ्जीकरण अघिको अवधिको लागि कुनै योगदान वा लाभ लागू हुने छैन।

· पञ्जीकरण पूर्व अवधिको लागि पछिल्ला रेकर्डहरूको कुनै निरीक्षण वा माग गरिने छैन।

यो योजनाले पूर्वव्यापी दण्डको डरलाई समाप्त गरेर अनि पञ्जीकरण प्रक्रियालाई सहज बनाएर स्वैच्छिक अनुपालनलाई प्रोत्साहित गर्दछ। एसपीआरईईमा पहिला, निर्दिष्ट समयसीमाभित्र पञ्जीकरण नगर्दा कानुनी कारबाही र पछिल्लो तारिकको बक्यौता राशिको माग हुन सक्थ्यो। एसपीआरईई 2025 ले यी बाधाहरूलाई दूर गर्दछ, जसले छुटेका प्रतिष्ठान र श्रमिकहरूलाई ईएसआईको दायरामा ल्याउने र व्यापक सामाजिक सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राख्छ।

एसपीआरईई 2025 को शुभारम्भले कर्मचारी राज्य बीमा निगमको समावेशी र सुलभ सामाजिक सुरक्षाको दिशामा एक प्रगतिशील कदमलाई सङ्केत गर्दछ। पञ्जीकरण प्रक्रियालाई सरल बनाएर र पूर्वव्यापी दनदारीहरूबाट उन्मुक्ति प्रदान गरेर, यो योजनाले नियोक्ताहरूलाई आफ्नो कार्यबललाई नियमित गर्न प्रोत्साहित गर्ने मात्र होइन तर विशेष गरी संविदा क्षेत्रहरूमा काम गर्नेहरूले ईएसआई ऐन अन्तर्गत आवश्यक स्वास्थ्य र सामाजिक लाभहरूमा पहुँच प्राप्त गर्ने कुरा पनि सुनिश्चित गर्दछ। ईएसआईसी भारतमा कल्याण-केन्द्रित श्रम पारिस्थितिक प्रणालीको दृष्टिकोण अनुरूप आफ्नो पहुँचलाई मजबुत पार्न र सार्वभौमिक सामाजिक सुरक्षाको आफ्नो जनादेशलाई पूरा गर्नका लागि प्रतिबद्ध छ।

सहायता वा प्रश्नहरूको लागि नियोक्ताहरूले https://www.esic.gov.in मा जान सक्छन् वा एनएच-10, गैरीगाउँ, सेन्ट्रल ब्याङ्क, तादोङ शाखा नजिकै, तादोङ, गान्तोक-737102 मा अवस्थित नजिकैको ईएसआईसी शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन्। (पीआईबी)

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande