कर्नाटकमा कांग्रेस विधायक सतीश सैलको आवासमा ईडीको रेड
सैल


कैरावर, 13 अगस्त (हि.स.)। प्रवर्तन निदेशालय (ईडी) का अधिकारीहरूले कर्नाटकको उत्तर कन्नड़ जिल्लाको कारवार निर्वाचन क्षेत्रबाट कांग्रेस विधायक सतीश कृष्ण सैलको आवासमा छापा मारेको छ। 24 भन्दा धेरै ईडी अधिकारीहरूले घरमा रहेका दस्तावेजहरूको जाँच गरेका छन्। विधानसभा सत्र चलेको कारण विधायक सतीश सैल र उनको परिवार बेङ्गलुरूमा छ।

अवैध अयस्क तस्करीको एक मामिलामा जेलको सजाय काटिसकेका विधायक सैललाई मल्लिकार्जुन शिपिङ कम्पनीको माध्यमले बेलेकेरी बन्दरगाहबाट विदेशहरूमा अवैध अयस्क तस्करीको एक मामिलामा दोषी ठहर गरिएको थियो। सेवानिवृत्त लोकायुक्त न्यायमूर्ति सन्तोष हेगड़े नेतृत्व एक टीमको एक शिकायतको आधारमा जनप्रतिनिधिहरूको विशेष अदालतले गत अक्टोबरमा सतीश सैललाई सात वर्षको जेल र 44 करोड़ रूपियाँको जरिमानाको सजाय सुनाएको थियो। सैलले न्यायालयको आदेशलाई चुनौती दिँदै उच्च न्यायालयमा अपील दर्ता गरेका थिए। अपीलमा विचार गर्दै न्यायालयले सजाय निलम्बित गऱ्यो र जमानत दिँदै जरिमानाको राशिको 25 प्रतिशत जमा गर्ने निर्देश दिएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande