राजीव प्रताप रूडीको 25 वर्षको वर्चस्व कायम, कन्स्टिट्यूशन क्लबको चुनाउमा संजीव बाल्यानलाई हराए
प्रताप


नयाँ दिल्ली, 13 अगस्त (हि.स.)। राजीव प्रताप रूडीले कन्स्टिट्यूशन क्लब अफ इण्डियाको प्रबन्धनमा आफ्नो 25 वर्ष पुरानो प्रभुत्व कायम राखेका छन्। मंगलवार भएको कन्स्टिट्यूशन क्लबको सचिव पदको चुनाउमा भाजपा नेता राजीव प्रताप रूडीले आफ्ना साथी भाजपा नेता संजीव बालियानलाई 100 भोटले हराए। चुनाउमा दुवैबीच कड़ा प्रतिस्पर्धा मानिन्दैथियो। यस चुनाउमा पहिलो पल्ट भाजपा र कांग्रेसका दिग्गज नेताहरूले भोट गरे, जसमा भाजपाका अमित शाह, जेपी नड्डा र कांग्रेसकी सोनिया गान्धी सहित प्रमुख सदस्य सामेल छन्। राजीव प्रताप रूडीलाई 391 भोट प्राप्त भयो जबकि उनको प्रतिद्वन्दी संजीव बालियनलाई 291 भोट हासिल भयो।

खेल सचिव पदमा राजीव शुक्ला, संस्कृति सचिवको पदमा तिरुचि शिवा र कोषाध्यक्षको पदमा जितेन्द्र रेड्डी निर्विरोध चुनिए। चुनाउ जितेपछि मीसियासित कुराकानी गर्दै भाजपा सांसद राजीव प्रताप रूडीले भने, भोटहरूको गणना पूरा भएपछि बुधवार बिहान 4 बजी नतीजाहरूको घोषणा भयो। यस चुनाउमा कूल 1295 भोट हालियो। यो उनको प्यानलको जित हो। प्यानलमा कांग्रेस, सपा, टीएमसी र निर्दलीय सांसद थिए।

उल्लेखनीय छ, सचिव पदमा चुनाउ 20 वर्षपछि भएको हो। यस क्लबका सदस्यहरूको संख्या लगभग 1300 छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande