नयाँ दिल्ली, 15 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार स्वतन्त्रता दिवसको अवसरमा वस्तु एवं सेवा कर (जीएसटी) को दरहरूलाई लिएर ठूलो घोषणा गरे। यस घोषणापछि वित्त मन्त्रालयले भन्यो, मन्त्रीहरूको समूह (जीओएम) लाई दुई स्ल्याबको जीएसटी दर संरचना र केही चुनिन्दा वस्तुहरूका लागि विशेष दरहरूको प्रस्ताव दिइएको छ। प्रधानमन्त्रीले 79औं स्वतन्त्रता दिवसको सम्बोधनमा भने, जीएसटी सुधार दीवालीसम्म लागू हुनेछ, जसबाट करको बोझ धेरै कम हुनेछ र साना उद्योगहरूलाई लाभ हुनेछ।
वित्त मन्त्रालयले भने, जीओएमको साथ यस प्रस्तावलाई साझा गरिएको छ। वित्त मन्त्रालयले एक बयानमा भने, केन्द्र सरकारको प्रस्ताव तीन बिन्दूहरूमाथि आधारित छ, संरचनात्मक सुधार, दरहरूलाई युक्तिसंगत बनाउनु र जीवनलाई सहज बनाउनु। मन्त्रालयको प्रस्तावमा आम व्यक्तिको आवश्यकताको वस्तुहरू र आकांक्षात्मक वस्तुहरूमा करहरूमा कमी सामेल छ।
वित्त मन्त्रालयले भन्यो, जीएसटी प्रणाली अन्तर्गत दुई स्ल्याब ‘मानक र योग्यता’ को प्रस्ताव दिइएको छ, जबकि विशेष दरहरू केवल केही चुनिन्दा वस्तुहरूमाथि नै लागू हुनेछ। यस समय जीएसटीको 5, 12, 18 र 28 प्रतिशतको चार स्तरीय संरचना छ। उल्लेख्य, केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणको अध्यक्षता रहेको जीएसटी परिषदको बैठक सेप्टेम्बरमा हुने अनुमान छ, जसमा दरहरूलाई युक्तिसंगत बनाउन मन्त्रिसमूहको प्रस्तावमा छलफल गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी