सिक्किम ड्र्यागन्स बन्यो छोग्याल सर टाशी नामग्याल मेमोरियल कप 2025 च्याम्पियन
सिक्किम ड्र्यागन्स बन्यो छोग्याल सर टाशी नामग्याल मेमोरियल कप 2025 च्याम्पियन


गान्तोक, 15 अगस्त (हि.स.)। सिक्किम ड्र्यागन्सले छोग्याल सर टाशी नामग्याल मेमोरियल कप 2025 को उपाधि आफ्नो नाम गरेको छ। यहॉंको पाल्जोर स्टेडियममा आज आयोजित देशको 79औं स्वतन्त्रता दिवस समारोहको अवसरमा सम्पन्न फाइनल खेलमा सिक्किम ड्र्यागन्सले प्रतिद्वन्दी दल कञ्चनजङ्घा एफसीलाई 4-0 गोलले पराजित गऱ्यो।

यस अवसरमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथि थिए। विशेष अतिथिहरूमा विधानसभा अध्यक्ष एमएन शेर्पा, मन्त्रीगण, विधायकगण तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

सिक्किम फुटबल एसोसिएशनले आयोजना गरेको यस प्रतियोगिताको विजेता र उपविजेता दललाई मुख्यमन्त्रीले अतिरिक्त पुरस्कार राशि क्रमश: 3 लाख र 2 लाख रूपियॉं प्रदान गर्ने घोषणा गरेका थिए।

सिक्किम ड्र्यागन्सका खेलाडी कुणाल तामाङ म्यान अफ् द म्याच चयनित भए, जसलाई ट्रफीसहित पॉंच हजार नगद प्रदान गरियो। यसरी नै सिक्किम ड्र्यागन्सका खेलाडी रबिन नेपाललाई म्यान अफ् द टुर्नामेन्ट चयन गरियो, जसलाई पुरस्कार स्वरूप स्कूटी प्रदान गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande