ओल्ड ट्राफर्ड, 18 अगस्त (हि.स.)। आर्सेनलले आइतवार ओल्ड ट्राफर्डमा खेलिएको खेलमा म्यानचेस्टर यूनाइटेडलाई 1-0 ले पराजित गरेर प्रीमियर लीगको शुरुवात जितको साथमा गरेको छ। म्याचको एकमात्र गोल इटलीका डिफेन्डर रिकार्डो केलाफियोरीले 13औं मिनटमा गरेका थिए।
यूनाइटेडका गोलकीपर अल्ताय बायिन्दिरको गल्तीको फाइदा उठाउॅंदै उनले सजिलै हेड गरेर गोल गरे। आयिन्दिर यस म्याचमा घाइते आन्द्रे ओनानाको स्थानमा खेलेका थिए। यूनाइटेडले आक्रामक कमजोरीलाई सम्बोधन गर्न यस सीजनमा 200 मिलियन पाउण्ड खर्च गरेर माथियस कुन्हा, ब्रायन म्ब्यूमो र बेन्जामिन सेस्कोलाई टीममा सामेल गरेको छ, तर तीनैजना आर्सेनलको बलियो डिफेन्स अघि झुक्न बाध्य बने।
आर्सेनलले गत तीन सीजन लगातार दोस्रो स्थानमा समाप्त गरेको छ। अब कोच मिकेल आर्टेटामाथि 2003-04 पछि क्लबको पहिलो लीग उपाधि दिलाउने दबाउ छ। यस म्याचमा टीमलाई डेविड रायया र सलिड डिफेन्सले जित दिलायो। राययाले धेरै उत्कृष्ट बचाउ गर्दै यूनाइटेडलाई बराबरीको अवसर दिएनन्।
हिन्दुस्थान समाचार / भवानी थामी